विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने हैसियत यो सरकारको देखिएन : प्रवक्ता विश्वप्रकाश शर्मा

0
7

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सरकारलाई आग्रह गरेको छ । बुधवार कांग्रेसको केन्द्रीय कार्यलय सानेपा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भनेका हुन । कम्युनिस्ट पार्टीनै बोकेको रेड बुक पढेर हुर्केकाहरुलाई विश्वासमा लिएर आउन सरकारलाई चुनौती दिए । १२ बुँदे सहमतिमार्फत तत्कालीन नेकपा माओवादीलाई कांग्रेसले शान्तिपूर्ण राजनीतिमा ल्याएको उल्लेख गर्दै प्रवक्ता शर्माले त्यसबाट पाठ सिक्नसमेत सत्तारुढ नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

‘नेपाली कांग्रेसले पहाड जत्रो आकारमा पुगेको माओवादी आन्दोलनलाई पनि शान्तिपूर्ण रुपमा रुपान्तरण गर्ने सामथ्र्य राखेथ्यो’, प्रवक्ता शर्माले भने, ‘आज त्यो सामथ्र्य नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीज्यूमा देखिएन ।’शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको भएकोले त्यस हिसाबले कतिपय अवस्थामा सरकार जिम्मेवार र कठोर

बन्नुपर्ने बताए । तर, राजनीतिक विद्रोहको समाधान भने शान्तिपूर्ण रुपमा हुनुपर्ने उनको भनाइ थियो । प्रवक्ता शर्माले यही फागुन २४ गते सरकार र स्वतन्त्र मधेश गठबन्धनका बीच भएको सम्झौताको साझा ब्याख्या गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस