केपी ओलीको एक वर्ष उखान टुक्का सुनाउदै ठिक्क-सभापती देउवा

0
4

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सरकारले अप्रजातान्त्रिक शैलिबाट देश चलाउन खोजेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको एक बर्ष समय उखान टुक्का विताउँदै ठिक्क भएको बताए ।

नेपाली कांग्रेस बागलुङले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकार जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने चालबाजी रचेको बताए । जनताले सरकारको गतिवधि एक वर्ष हेरे तर सरकार प्रजातन्त्र मास्न खोजेको जे पायो तेही बोलेर हिँडेको र सरकार महंगी र भ्रष्टाचार भएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेको देउवाले सरकारले निर्मला पन्तको हत्यारा लुकाउने काम गरेको आरोप लगाए । उनले सरकारले घट्नाको दोषी पत्ता लगाउनु भन्दा पनि दोषलाई लुकाउन खोजेको जिकिर गरे । देउवाले कांग्रेसले पूर्वाधार तयार गरेपनि वर्तमान सरकार विकास र समृद्धिको यात्राबाट बिचलित भएको बताए ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबाद सिके राउतको पाउमा पोखिएको आरोप लगाएका छन । उनले केपी ओलीलाई प्रश्न सोध्दै भने,’प्रधानमन्त्री जी सिके राउतसँग कस्तो खालको राष्ट्रबाद हो ? के सिके राउतको पाउ मोल्ने यही राष्ट्रबाद ?’

प्रवक्ता शर्माले ओलीको महान राष्ट्रबाद जनताले कांग्रेस हार्नुका कारण देख्न पाएको बताए । शर्माले बुढिगण्डकी परियोजना ओलीले रातातात सुनको किस्तीमा हालेर विना प्रतिस्पर्धा चिनको एक कम्पनीलाई बुझाएको बताएका छन । उनले कम्युनिष्ट सरकारलाई मत दिएपनि वर्तमान सरकारले जनताका अधिकारलाई खोस्ने मात्रै काम गरेको टिप्पणी गरे । मुलुकमा हरेक परिवर्तनको नेतृत्व कांग्रेसकै पालामा मात्रै सम्भव रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस