गल्याङमा पोखरीमा डुबेर बालिकाका मृत्यु

0
119

स्याङ्जाको गल्याङ नगरपालिका वडा नं १ महालिङ धाम स्थित उत्तरबाहिनी क्षेत्र शिवलिङग पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं १ उत्तरबाहिनी क्षेत्रमा शिवलिङग पोखरीमा पैसा खोज्ने क्रममा डुबेर एक ३ वर्ष बालिकाको मृत्यु भएको हो ।

तनहुँ जिल्ला नगरपालिका वडा न.का बर्ष ३७ का सुर्य कुमाल र बर्ष ३० का गिता कुमालको कान्छी छोरी युनिका कुमालको हिजो दिउसो ४ बजेपोखरीमा डुबेर मृत्यु भएको हो । बालिकाको शवलाई स्वास्थ्य चौकी वालिङमा शवको पोष्टमाटम गरी मृतकका परिवारलाई बुझाइएको प्रहरी चौकी गल्याङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस