प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना, ओलीलाई सिसियुमा राखियो

0
57

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन । नियमिति चेकजाँचका लागि बुधबार बिहान महाराजगञ्जस्थित टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिसियुमा राखिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको दोस्रो तलामा प्रधानमन्त्री ओलीको यपचार भइरहेको उपचारमा संलग्न डाक्टर अरुण सायामीले बताएका छन्।

नियमिति चेकजाँचका लागि अस्पताल पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएका थिए । चिकित्सकहरुको सल्लाह बमोजिम अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए । चिकित्सकले बाहिर भन्दा अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि भर्ना गरिएको उनले बताए । पछिल्लो समय दौडधूप बढी हुँदा उनलाई थकान महसुस हुने समस्या देखिएको थियो ।

प्रधानमन्त्रीको उपचार एवं परीक्षण प्राध्यापक डा अरुण सायमीको संयोजकत्वमा भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराइरहेका छन र त्यस क्रममा थप केही परीक्षण गर्न उपयुक्त देखिएकाले अब्जरभेशनमा राखिएको पनि सेन्टरले बताएको छ ।

पछिल्ला दिनमा कार्यव्यस्तता र पर्यटन मन्त्री रवीन्द्र अधिकारीका साथै पूर्व(उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनपछि उनी झनै व्यस्त बनेका थिए। धपेडीका कारण उनको स्वास्थ्य सिथिल देखिएका अस्पतालमा भर्ना भएर आराम गर्ने चिकित्सकले सुझाव दिएका थिए। प्रधानमन्त्री अस्पताल भर्ना भएसँग उनका आजका सबै कार्यक्रम रद्द गरिएको उनको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस