उद्योग वाणिज्य संघ लालबन्दीमा कांग्रेस निकट प्यानल निर्वाचित

0
11

सर्लाही उद्योग वाणिज्य संघ लालबन्दीको नेतृत्वमा कल्याण जोशीको प्यानल नै बिजयी भएको छ। मतगणनाको अन्तिम नतिजा अनुसार जोशीको प्यानल नै बिजयी भएको हो। अध्यक्षमा निर्वाचित जोशीले ४ सय २७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विक्रम भण्डारीले १ सय ८० मत प्राप्त गरे । उद्योग वाणिज्य संघ लालबन्दीको नयाँ नेतृत्व चयनका लागि आइतवार मतदान भएको थियो ।

मतदानमा ६ सय २३ जना मतदाता मध्ये ६ सय १२ जनाले मतदान गरेका थिए । केही मत बदर समेत भएको थियो । नेपाली कांग्रेस निकट जोशी प्यानल र नेपाल कम्यूनिष्ट पार्टी नेकपा निकट भण्डारी प्यानललाई जिताउन केही दिनदेखि दुवै पार्टीबाट निर्वाचित जनप्रतिनिधी, स्थानिय नेता र व्यापारी लगायत लागि परेका थिए ।

प्रतिक्रिया दिनुहोस