ज्योति लाईफ र ह्याम्स अस्पताल बीच बिशेष स्वास्थ्य सेवा सम्झौता

0
22

नेपाली ईतिहासमै जीवन बिमालाई नयाँ तरिकाले पारीभासित गरेको बिमा कम्पनी हो ज्योति लाईफ ईन्स्योरेन्स कम्पनी । जसले व्यवसायको सुरु देखिनै बीमितहरुको स्वास्थ्य उपचारमा विशेष सेवा योजना स्वरुप “घातक रोग उपचार” सेवा सहितको बीमा योजना सार्वजनिक गरेको छ । आफ्नो अलग्गै पहिचान बनाएको पहिलो नेपाली कम्पनीको रुपमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न गरेकोे छ ।

सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख श्री प्रकाश बिक्रम खत्री र अस्पतालका अध्यक्ष श्री आर.एस. भण्डारीले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नि विभाग प्रमुख डा. भाष्कर राज पन्त लगायत अस्पताल र ज्योति लाइफ तर्फ बाट कर्पोरेट प्रमुख उमेश मैनली लगाएत कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस