स्याङजाको गल्याङमा १५ फाल्गुनमा ३७ औँ मगर दिवस मनाईयो

0
75

नेपाल मगर संघ गल्याङ नगर समितीको आयोजनामा नेपाल मगर संघको ३७ औँ मगर दिवस भव्यतामा साथ मनाईएको छ । मगर दिवसको अवसरमा तल्लो गल्याङदेखि सुरु गरिएको झाँकी सहित वृहत र्याली गल्याङबजार परिक्रमा गरि मगर भवन लेमभित्तामा पुगेर सभामा परिणत भएको थियो । मगर भवन लेमभित्तामा भएको कार्यक्रमको उद्घाटन गर्दे प्रमुख अतिथि गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापाले मगरहरुको जातिय पहिचानका लागि सवै एक जुट हुनपर्ने बताईन ।

उनले मगर समुदाय भित्र रहेका समस्या हटाउन आफु लागि परेको बताउदै मगर समुदायको हकहितका लागि सधै लडिरहने बताउनुभयो । कार्यक्रममा समाजसेवि दल बहादुर सिंजालीले भाषणले मात्र मगर समुदायको उत्थान नहने बताईन । यस्तै गल्याङ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष महेश भट्टराईले मगर समुदायलाई अगाडी बढाउन विभिन्न कार्य योजना अनुसार एकरुपताका साथ अगाडी बढ्न जरुरी रहेको बताउदै समाज विकासका निम्ति सवै जातजाती एकजुट हुनपर्ने बताए ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष ईब कर्मचार्य, नेपाल मगर संघ जिल्ला कार्य समितीका अध्यक्ष लोकेन्द्र थापा, नेपाल मगर संघ जिल्ला कार्य समितीका सल्लाहकार नरबहादुर राना, नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशका सदस्य चन्द्र राना, अखिल नेपाल जनजाति केन्द्रका लाल बहादुर राना, नेपाल मगर महिला संघ गल्याङ नगर समितीका अध्यक्ष भेमला बराल मगर, समाजसेवी नारायण थापा, नेपाल मगर युवा संघका सचिव सोनम सारु लगायतले मगर दिवसको अवसरमा शुभकामना दिएका थिए ।

नेपाल मगर संघ गल्याङ नगर समितीका अध्यक्ष कुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णा माया रानाले सञ्चालन सचिव रेशम राना र नेपाल मगर युवा संघ नगर समितीका अध्यक्ष डोलु थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस