कांग्रेसको संशोधित विधान बहुमतबाट पास

0
12

नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले महासमिति सदस्यहरुलाई दिएको वचन उल्ट्याउँदै विधान पास गरेको छन्। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले भने फरक मत राखेका छन् । आईतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संशोधित विधान बहुमतबाट पास गरेको हो ।

तर, केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक तहमा एक पटक मात्र हुनुपर्ने महासमिति सदस्यहरुको माग सम्बोधन भएन । तर, देउवा पक्षीय नेताहरुको दबावका कारण बहुमतबाट केन्द्रीय सदस्यहरु स्वतः महाधिपेशन प्रतिनिधि हुन पाउने र आरक्षणमा पनि सीमा नरहने गरी बहुमतले विधान पास भएको छ । निर्णयमा पौडेलसँगै सिटौला, केसी, डा. रामशरण महत, नविन्द्रराज जोशी, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङलगायतका नेताहरुले फरक मत राखेका छन् ।

हिन्दु राष्ट्रबारे पनि फरक मत

विधानमा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, दिलेन्द्रप्रसाद बडूलगायतले हिन्दु राष्ट्रबारे फरक मत राखेका छन् । महासमितिमा नेताहरुले उठाएका विषयलाई सम्बोधन गर्नुपर्ने उनीहरुको माग थियो । केन्द्रीय सदस्य बालृकष्ण खाँडले निर्णय नभए पनि दस्ताबेजमा महासमितिमा आएको मतलाई समेट्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस