रेडक्रस सोसाईटी गल्याङ उपशाखा भवनको शिल्यान्यास, अध्यक्ष भट्टराईले दिए सस्थालाई नि:शुल्क जाग्गा दान

0
244

स्याङ्जाको गल्याङ नगरपालिका स्थित नेपाल रेडक्रस सोसाईटी गल्याङ उपशाखाको नगर प्रमुख भुपराज अधिकारिले एक कार्यक्रम विच भवनको शिल्यान्यास गरेका छन् ।

भवन शिल्यान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले नेपाल रेडक्रस सोसाईटी मानब सेवामा हरदम लाग्ने मानव कल्याणकारी सस्था भएकाले भवन निर्माण कार्यमा सबैले मन लागाएर निर्माणमा सहयोग गर्न अनुरोध गरे । उनले भने रेडक्रसका सात सिदान्तलाई आत्मसाथ गरेर हरेक मानिस मानविय सेवामा लाग्नु पर्ने बताए । भवन निर्माणका लागी सस्थाका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई उनका छोरा उमेश भट्टराई, उत्तम भट्टराई, बुहारी सरिता गैह्रेले एक आना, दुई पैसा, एक दाम जाग्गा नि:शुल्क दान गरेका छन् । भवन निर्माणका लागि १५ लाख रुपैया लाग्ने अनुमान गरिएको छ ।

आर्थिक बर्ष २०७५- ०७६ भित्रै भवन निर्माण सम्पन्न गरी सक्ने लक्षका साथ काम अगाडि बढाईएको अध्यक्ष भट्टराईले बताए । नेपाल रेडक्रस सोसाईटी गल्याङका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सस्थाका सचिब राजेन्द्र देब खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस