हङकङमाथि नेपालको सहज जित

0
12

नेपालले आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा हङकङमाथि ४ विकेटको सहज जित हात पारेको छ ।

६३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो रहेन । स्कोर बोर्डमा मात्र ५ रन हुँदा काजल श्रेष्ठ व्यक्तिगत ४ रनमा आउट भइन् । नेपालले थप २ रन जोड्दा सीता राना मगर आउट भइन् ।इन्दु बर्मा र रुविना क्षेत्रीले चलिनन् । तर, अप्सरी बेगमले सरिता मगरसँग मिलेर नेपालको पारी सम्हालिन् । दुबैले पाँचौं विकेटका लागि ३२ रनको साझेदारी गरिन् । बेगम २४ रनमा आउट भइन् । बेगम आउट हुँदा नेपाललाई ७ रन चाहिएको थियो । तर, थप दुई विकेट गुमाएर ९ बल बाँकी छँदा भेट्टायो ।

प्रतिक्रिया दिनुहोस