पूर्व मन्त्री जयन्त चन्दले राप्रपा छोडे

0
13

पूर्वमन्त्री जयन्त चन्दको नेत्रित्वमा १८ जना केन्द्रिय नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । संगठन सुदृढिकरणका लागि राष्ट्रिय स्वाभिमान यात्रा सुरु हुनु चार दिन अघि चन्दसहितका नेताहरुले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । राप्रपाबाट अलग भएको घोषणा गर्नेहरुको सूचीमा चन्दको नाम पहिलो नम्बरमा छ । उनी चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।

उनीसँगै भरत पाठक, भरत गिरि, प्रल्हाल साह, दिनेश श्रेष्ठ गोविन्द खनियाले पनि पार्टी छाडेका छन् । सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि राप्रपा परित्याग गरेका छन् । राप्रपा त्याग्नुको कारण सोध्दा चन्द भन्छन्, ‘सचेततापूर्वक नै यो निर्णय लिएका हौं, पार्टी छाड्नुपर्ने कारणहरु धेरै छन् ।

नेताहरुका अनुसार यो समूहले पछिल्लो समय तीन वटै राप्रपा (कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी) मिल्नुपर्ने दबाव दिँदै आएको थियो । राणा र लोहनीले पार्टी एकता गरेर राप्रपा संयुक्त बनाएको घोषणा गरेका छन् । स्रोतका अनुसार चन्द नेतृत्वको यो समूहले ‘तीन वटै पार्टी मिल्न सक्दैनन् भने दुई वटा भएपनि मिल्नुस्’ भनेर नेतृत्वलाई दबाव दिएका थिए । यो समूह छिट्टै राप्रपा संयुक्तमा समाहित भए अनौठो नहुने नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस