तल्लो तहको साङ्गठनिक एकीकरण सचिवालय बैठकले नै टुङ्गो लगाउने, एकता टुङ्गियो – अध्यक्ष दाहाल

0
9

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुङ्गिएको बताएका छन् । बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटनमा उनले देशमा समृद्धि नआएसम्म शहीदको सपना पूरा नहुने भन्दै अहिलेको सरकारले समृद्धिका लागि आवश्यक पर्ने सबै कानून निर्माण गरेको बताए।

उनले अबको समय भनेको समृद्धिका लागि निर्माण गरेका कानूनलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको बताए। देशमा समृद्धि आएमा मात्र शहीदको सपना पूरा हुन्छ भन्दै अध्यक्ष दाहालले शहीदलाई परिचयपत्रको व्यवस्था गर्ने बताए । दाहालले भने, “पार्टी एकीकरणको लागि अब कुनै कसुर बाँकी राख्दैनौँ ।” उनले नेपाली जनताले आर्थिक अभावमा उपचार तथा शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको यो सरकारले अन्त्य भएको बताए ।

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने तल्लो तहको साङ्गठनिक एकीकरण अब सचिवालय बैठकले नै टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवायल बैठकले अहिलेसम्म कार्यदलले गरेको साङ्गठनिक एकताको कामका लागि धन्यवाद दिँदै एकताको बाँकी काम सचिवालयले गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। गत पुस १३ गते सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय साङ्गठनिक एकीकरण गर्न कार्यदल गठन गरेकोे थियो ।

उक्त कार्यदललाई पुस मसान्तभित्र साङ्गठनिक एकीरणको प्रतिवेदन बुझाउने भने तापनि फागुन ६ गते अपूरो प्रतिवेदन बुझाएको थियो । कार्यदलले अपूरो प्रतिवेदन बुझाएपछि सचिवालय बैठकले आफैँ साङ्गठनिक एकीकरणको प्रस्ताव सचिवालयले नै तयारी गर्ने भएको हो ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन । अहिलेसम्म जनवर्गीय सङ्गठनअन्र्तगत निर्माण व्यवसायी, कानून व्यवसायी र इञ्जिनीयरको मात्र एकीकरण भएको छ । पार्टी एकता भएको तीन महीनामा सबै तल्लो तहको एकता गर्ने भनिएकोमा अहिलेसम्म हुन नसक्दा पार्टी एकता लम्बिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस