प्रधानमन्त्रीले अरुलाई होच्याउँदै बोल्न हुने जनताले सत्य र देखेको कुरा नि बोल्न नपाउने – युवा नेता थापा

0
19

आन्दोलन दबाउन तत्कालीन राजा ज्ञानेन्द्रले फोन काटेको विषय स्मरण गर्दै काँग्रेसका नेता थापाले त्यतिबेला राजाले काटेर न फोन काटिएको न त मानिसले बोल्न नै छाडेको स्मरण सरकारलाई गराउदै फेसबुक र ट्वीटरको कुरा मात्रै नभएको भन्दै यसले सामाजिक सञ्जालको परिभाषा भित्र आउने अन्य माध्यमलाई पनि समेटेको पनि बताएका छन् । शुक्रबार संसदमा प्रस्तावित विधेयकमाथिको छलफलको क्रममा आफ्ना धारणाहरु राख्दै नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले ल्याएको सूचना प्रविधिको व्यवस्थापन गर्न बनेको विधेयक गलत नियतले ल्याएको भन्दै आलोचना गरेका छन् ।

नेता थापाले प्रमाणिकरण निकायका लागि इजाजत पत्र दिने विषयमा व्यवस्था गरिएको भएपनि नियन्त्रकको योग्यता के हो भन्ने विषयमा स्पष्ट व्यवस्था नगरिएको बताए । साईबर फरेन्सिक ल्याबको चर्चा गरिएको छ । तर, छुट्टै कार्यालय खोल्ने बारेमा कानून प्रष्ट छैन । प्रमाणिकरण गर्ने निकायले इजाजत पत्र रद्द गर्न सक्ने व्यवस्था गरेको छ । तर, त्यसको अधिकार नियम तिर पन्छाईएको छ । नेता थापाले भने ‘साईबर आतंकको विषयमा जति गम्भीरता पूर्वक आवाज उठाउनु पर्ने हो त्यति उठाएको छैन ।’

दफा ८३, ८४, ८५ र ८६ मा राखिएका व्यवस्थाहरु संसद्ले यस अघि नै पारित गरिसकेको कानूनमा समेटिसकिएको समेत स्पष्ट पारेका छन् । उनले यो विधेयकमा प्रस्तावित विषयहरु उपभोक्ता ऐन, गोपनीयताको ऐन र विभिन्न अपराध संहिता लगायतका ऐनसँग बाझिने व्यवस्था प्रस्ताव गरिएको समेत बताए ।

नेता थापाले सामाजिक सञ्जाल दर्ता गर्ने विषय कुनै विवादित नभएको भएपनि दर्ता गर्न आउने मानिस दर्ता गर्न आएनन् भने त्यो बेला सरकारले गर्न चाहेको के हो ? भन्दै सरकारसँग जवाफ माग गरेका छन् । उनले यो फेसबुक र ट्वीटरको कुरा मात्रै नभएको भन्दै यसले सामाजिक सञ्जालको परिभाषा भित्र आउने अन्य माध्यमलाई पनि समेटेको पनि बताए । प्रस्तावित ऐनले प्रधानमन्त्रीले अरुलाई होच्याउँदै बोल्न हुने र प्रधानमन्त्री विरुद्ध कसैले होच्याएर बोल्यो भने त्यसलाई यही मुददामा कारबाही गर्ने नियत यो विधेयकमा देखिएको थापाले बताए ।

‘ती कम्पनीहरु दर्ता हुन आएनन् भने त्यो बन्द गर्ने सरकारको नियत हो ? यहाँ प्रष्टसँग लेखिएको छ कि यो राजश्वको लक्ष्य होईन नियमनको उद्देश्य हो’ उनले भने । सामाजिक सञ्जालमा होच्याउने र मानहानी गरेको विषयमा मुद्दा दायर गर्ने हो भने त्यसको सबैभन्दा पीडित आफू नै हुने भन्दै त्यसमा संविधानले दिएको अधिकार कुण्ठित होला कि भनेर त्यसबारे केही पनि नबोल्ने गरेको थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस