उमङको सास्कृतिक प्रस्तुती सँगै नेपाल वुमन ग्लोबल नेटवर्क क्यालिफर्निया च्याप्टरको साधारण सभा हुँदै

0
89

अमेरिकामा रहेका नेपाली महिलाहरुको साझा सस्था नेपाल वुमन ग्लोबल नेटवर्क को क्यालिफर्निया च्याप्टर आफ्नो साधारसभा गर्दै छ । क्यालिफर्नियामा डिसेम्बर ८ तारिक शनिबार बेलुका ५ बजे देखी १० बजे सम्म हुने कार्यक्रममा नयाँ पदाधीकारीलाई सस्थाको जिम्बेवारी हस्तान्तरण गर्ने आयोजकले जनाएको छ । नेपाल वुमन ग्लोबल नेटवर्क सामाजिक कार्य गर्नका लागि स्थापना भएको सामाजिक सस्था हो । 

कार्यक्रममा अमेरिकामा रहेर नेपालीहरुलाई सहयोग गर्ने बिसिस्ट ब्याक्तीहरुलाई सम्मान गर्ने तथा बिबिध सस्कृतिक कलाको प्रस्तुती समेत गरिने तयारी रहेको आयोजक सस्थाले हाम्रो सेरोफेरो सम्बाददाता अमेरिकालाई बताएको छ । कार्यक्रममा अमेरिकामा रहेका नेपाली तथा भारतीय माझ लोकप्रिय कलाकार उमङ रानाभाटले आफ्नो सास्कृतिक नाच पस्कने तयारी भएको श्रोतले जनाएको छ। अमेरिकामा गरिने कुनै पनि नेपाली कार्यक्रममा सास्कृतिक होस वा आधुनिक प्रस्तुतिमा बिगत तीन बर्ष देखी उमङको माग बढीरहेको छ । कार्यक्रममा उमंगले प्रस्तुतिको साथमा नेपाल बिशेष समेत प्रस्तुत गर्ने छिन् ।

प्रतिक्रिया दिनुहोस