हिन्दु धर्म संकटमा पर्न लाग्याे, रक्षा गर्न सबै एकजुट बनाैंः राजेन्द्र लिङ्देन

0
41

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले नेपालीहरुकाे सनातन हिन्दु धर्म संकटमा पर्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । राजनीतिक दलहरुकै कारण धार्मिक संकटकाे स्थिति अाएकाे उनले आरोप लगाए ।मंसिर २२ गते विर्तामोडमा अायाेजना हुन लागेकाे वृहत हिन्दुत्व जागरणसभाकाे तयारीका बारेमा जानकारी दिन अायाेजित कार्यक्रममा लिङदेनले यस्ताे बताएका हुन् ।

‘धर्म निरपेक्षताका कारण धार्मिक द्धन्द्ध बढ्न सक्छ, धर्म परिवर्तनले प्रसय पाउन सक्छ भनेका थियौ‌, त्यो अहिले आएर प्रमाणित हुँदै गएको छ’, लिङ्देनले भने ‘अहिले झन ठूलो संकट ल्याउने काम भएको छ, त्यसको राजनीतिक दलहरुनै सम्भाहक बने ।’ लिङ्देनले यस्ताे परिस्थितिबाट देशलाई बचाउने राप्रपाले अगुवाइ गरिरहेकाे बताए ।

उनले अाफूहरुकाे अभियानमा अाफूहरु मात्र नभइ सिंगो ओमकार परिवारको पनि भएकाले एकजुट भएर लाग्न आग्रह गरे । धर्म संस्कृतिनै संकटमा परेको अवस्थामा त्यसको रक्षाको लागि सबै एकजुट हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।

‘हामीले हिन्दु राष्ट्रको कुरा गर्दा एक जातीले मान्ने धर्मको मात्र कुरा गरिरहेका छैनौं’ लिङ्देनले भने–‘यो त नेपाली जनताको एकता र पहिचानसँग गाँसिएको विषय हो त्यसकारण नेपाल धर्मनिरपेक्ष होइन हिन्दुराष्ट्र हुनुपर्छ भनेर विगतदेखि भन्दै आएका छौं ।’

राप्रपा झापाकाे अायाेजनामा हुन लागेकाे हिन्दुत्व जागरण सभामा राप्रपा अध्यक्ष कमल थापा, जगतगुरु बालसन्त मोहनशरणदेवाचार्य केन्द्रीय नेता तथा अन्य ओमकार परिवारका बक्ताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस