छवि सुधार्न ईश्वरका छोरीबाट आशीर्वाद हैन निर्मलाका बलात्कारी–हत्यारा सार्वजनिक गर्नोस्- डा भट्टराई

0
17

प्रधानमन्त्री केपी शर्मा ओली आलोचनाका पात्र बन्दै गएका छन् । विवादित क्रिष्चियन धर्मको प्रचार गर्ने संस्थाको आयोजना गरेर उनी आफ्नै पार्टीबाट समेत आलोचित बनेका हुन् । उनको यो क्रियाकलापले सत्ता नै गुम्ने हो कि भन्ने विष्लेषण समेत गर्न थालिएको छ । वर्तमान सरकारले जनमुखी काम पनि नगर्ने अनि विश्वभर कुनै पनि देशले आयोजना गर्न नमानेको कार्यक्रम ओलीले गर्नुले पक्कै पनि यो दुर्भाग्य बनेको छ । 

भूकम्पका बेलामा क्रिष्चियनले राहतका बोरामा बाइबल बाँड्दा तत्कालीन एमालेले कडा प्रतिवाद गरेको थियो । अहिले त्यही एमालेका अध्यक्ष (अहिले पार्टी एकीकरण भएपछि नेकपाका अध्यक्ष) केपी ओली आयोजक बनेर सिंगो क्रिष्टियन धर्म प्रचारक अन्तर्राष्ट्रिय संस्थाको कार्यक्रम सम्पन्न गर्नु कम्ती अनुसन्धानको विषय होइन । यो क्रियाकलाप देशका लागि समेत घातक बन्न सक्ने देखिएको छ । देशका मुद्दा कता छन् भन्ने पत्तो नहुने प्रधानमन्त्रीलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले समेत कटाक्ष गर्दै ओलीलाई सुझाव नोट लेखेका छन् । 

सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्, प्रमलाई सानो सुझाव –आफ्नो खस्कदै गएको लोकप्रियता र छवी सुधार्न ‘ईश्वर’का छोरीबाट आशिर्वाद,पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी–हत्यारा छिटो सार्वजनिक गर्नोस् न ! प्रमाण मेटाउनेलाई दुर्इ घण्टा केरकार गरे अरू झन्झटै पर्दैन !’

प्रतिक्रिया दिनुहोस