जोर विजोर प्रणालीको अवज्ञा गर्न गगन थापाको आह्वान

0
10

नेपाली कांग्रेसका नेता गगन थापाले जोर विजारको अवज्ञा गर्न आहृवान गरेका छन् । धर्मान्तरका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिनु खेदजनक भएको उनले बताए ।

जोर विजोरको अवज्ञा गर्न ‘युथ कांग्रेस नेपाल’ नामक संस्थाले गरेको आहृवान पोष्ट गर्दै थापाले फेसबुकमा लेखेका छन्, ”सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’युनिभर्सल पिस फेडेरेसनको नामबाट १६ मंसिरमा काठमाडौंमा आयोजना हुने भनिएको जिससकी छोरीको घोषणा गर्ने भनिएको कार्याक्रममा सरकार नै सहआयोजक बसेको छ । सरकारसँग सो कार्यक्रम आयोजकले ३१ करोड रुपैयाँ माग गरेको स्रोतले जनाएको छ ।

सो को लागि २ करोड रुपैयाँ त निकासा नै भईसकेको छ । यो कार्यक्रम क्रिश्चियन धर्मको प्रचारको लागि आयोजना गरिएको भन्दै तीब्र आलोचना समेत भईरहको छ । कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष एकनाथ ढकालले सो कार्यक्रमका लागि २० करोड खर्च हुने बताईरहँदा आयोजक संस्थाले भने सरकारसँग ३१ करोड रुपैयाँ माग गरेको हो ।

गत शनिबार नेपाली काँग्रेसले पनि धर्म निरपेक्ष मुलुकमा सरकार एउटा आईएनजीओको मातहतमा रहेर अमूक धर्मको प्रचारमा लागेको भन्दै यसमा आपत्ति जनाएको थियो । काँग्रेसले निर्मला पन्तको बलात्कार पछि हत्या भएको १ सय २५ दिनपुग्नै लाग्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने सरकार क्रिश्चियन धर्मको प्रचारमा लागेको गम्भीर आरोप लगाएको हो । शनिबार राजधानीमा संक्षिप्त पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्र्माले हत्या र बलात्कारको घटनाहरुमा उदासिन बनेको सरकारले राष्ट्रिय स्वाभिमान बेचेर क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएका थिए ।

हाम्रा कुरा बाट

प्रतिक्रिया दिनुहोस