बैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गर्ने आठ वर्षपछि पक्राउ

0
21

बैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गर्ने प्रक्राउ परेका छन् । विदेशी पठाईदिने भन्दै ठगी गरेको आरोपमा फरार रहेका एक ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय  स्याङ्जाले आठ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वैदेशिक रोजगारीमा पठाईदिने भनी युवाहरुबाट रकम ठगी गरेको आरोपमा २०६७ सालमा दर्ता भएको ठगी मुद्धाका फरार प्रतिबादी बिरुवा गाउँपालिका ६ बस्ने ४७ वर्षिय राजेन्द्र लम्साल बयोगीलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा आईतबार निजकै घरबाट पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेश गरी हाल थुनछेकको क्रममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस