कांग्रेस केन्द्रीय समिति बैठक : नेविसंघका सम्बन्धमा दुई प्रस्ताव

0
12

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेपाल विद्यार्थी संघलाई कसरी अघि बढाउने भन्ने सम्बनधमा दुईवटा प्रस्ताव पेश भएका छन् ।कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले दिएको जानकारी अनुसार नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल दुई महिना थप्ने कि ६ महिना थप्ने भन्ने प्रस्ताव आएको हो । 

२ वर्षमा महाधिवेशन गर्न नसकेपछि विधानअनुसार तीन महिना म्याद थपिएको थियो । तर, यो अवधिमा पनि महाधिवेशन हुन सकेन । बरु ३२ वर्ष उमेर हद लागू गर्ने निर्णयलाई लिएर माउ पार्टी कांग्रेसमा शीर्ष नेतृत्वबचि विवाद देखियो । नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको कार्यकाल सम्पन्न भएपछि कसरी अघि बढ्ने भनेर कांग्रेसमा विवाद भएको थियो ।

सोही सेरोफेरोमा बसेको केन्द्रीय समिति बैठकमा नेविसंघको विधानमा भएको तीन महिना कार्यकाल थप गर्न सकिने व्यवस्थामा २ महिना थपेर पाँच महिना पुर्याउने सम्बन्धमा प्रस्ताव पेश भएको शर्माले बताए । त्यसै गरी संघको कार्यकाल ६ महिना थपले महाधिवेशनको तयारीमा जुट्ने भन्ने अर्काे प्रस्ताव आएको प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस