७० नाघेका नेतालाई बिदा गर्न काँग्रेस युवा नेताहरुको बैठक

0
12

काँग्रेसका युवा नेताहरुले ७० वर्ष उमेर कटेका नेताहरुलाई नेतृत्व तहमा नस्वीकार्ने भएका छन् । उनीहरुले ७० वर्ष कटेका नेताहरुले मुलुकलाई मार्गनिर्देश गर्न नसक्ने भन्दैस–सम्मान विदा गनुपर्ने बताएका छन् । यस विषयमा उनीहरुले मंसिर १ गतेदेखि बस्ने काँग्रेस केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव नै लैजाने तयारी गरेका छन् ।

त्यसका लागि युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल,गुरु घिमिरे, बद्री पाण्डे, कमला पन्त र कल्याण गुरुङसहित ११ जना नेताहरुले संयुक्त प्रस्ताव तयार परिरहेको एक नेताले जानकारी दिएका छन् । ११ मध्येका एक नेता गुरु घिमिरेले ११ जना नेताले लैजाने प्रस्तावलाई फरक मतका रुपमा लिन नहुने बताए ।

‘हामीले फरक मत हैन, आफ्नो प्रस्ताव लैजान लागेको हो, पुरातन र परम्परावादी शैली र सोचले काँग्रेस चल्दैन भनेर हामीले यसअघि पनि प्रस्ताव लगेका हौं, त्यसको निरन्तरतास्वरुप नेतृत्वबाट ७० कटेका नेताहरुलाई विदाई गर्नुपर्छ र काँग्रेसलाई रुपान्तरण गर्नुपर्छ भन्ने उद्देश्य र अडान कायमै छ’ नेता घिमिरेले बताए ।फरक प्रस्ताव लैजाने विषयमा युवा नेताहरुबीच बुधबार काठमाडौँमा छलफल भएको थियो । छलफल शुक्रबार पनि हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस