आज दिपावलीको मुख्य दिन, दियो बत्तीले झिलिमिली छ दुनियाँ

0
14

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा । दिउँसो र साँझ लक्ष्मीपूजा गरेका नेपालीहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् । लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ । विश्वभरी दियोले लक्ष्मीको स्वागत गरिएको छ ।शहरहरुमा त अनेक रंगका बत्तीले झिलिमिली नै पारिन्छ । बुधबार लक्ष्मीपूजापछिको साँझ काठमाडौं उपत्यका धपक्कै बलेको छ । नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय झिलीमिली बत्तीले सिंगारिएको छ।

उज्यालोको प्रतीक दीपावलीको पूर्वसन्ध्यामा प्राधिकरणको भवन यसरी झिलीमिली पारिएको यो पहिलो पटक हो।यमपञ्चक अन्तर्गत आज तेस्रो दिन गाई तिहार हो। साँझपख धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। बिजुली नहुने ठाउँमा दीयो बाल्ने चलन छ। शहरबजारमा भने घरभरि झिलीमिली बत्तीले बाल्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस