पूर्ण तन्दुरुष्ट भए प्रधानमन्त्री ओली,अस्पतालबाट डिस्चार्ज

0
9

छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ । ओली पूर्ण स्वास्थ्य भएपछि शुक्रबार साँझ सरकारी निवास वालुवाटार फर्किएका उनको सचिवालयले जनाएको छ ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको शुक्रबार बिहानको परीक्षणका रिपोर्टहरु अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएको हो ।

प्रतिक्रिया दिनुहोस