सानेपामा काङ्ग्रेसको चियापान

0
12

नेपाली कांग्रेसले बडादशैं, तिहार, नेपाल संवत् र छठका अवसरमा अाज चियापान अायाेजना गर्याे । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु भएको चियापान ५ बजेसम्म चलेकाे थियाे । पार्टी कार्यालय सानेपामा गरिएको चियापानमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा लगायतका नेताहरु पुगेका थिए । त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल,भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतका कुटनीतिक नियोगका अधिकारी पनि चियापानमा पुगेका थिए ।

चियापान कार्यक्रमलाई व्यबस्थित बनाउन नेपाल भूतपूर्ब सैनिक संघ, नेवि संघ, तरुण दल र महिला संघका १२० जना स्वयंसेवक परिचालित गरिएको थियो । चियापानमा पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अगुवा, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत संघसंस्थाका अगुवा लगायत सर्बसाधारणहरू चियापान कार्यक्रममा सहभागि भएका थिए।

कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, कुटनीतिक नियोगका अधिकारीहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग तथा सुरक्षा निकायका अधिकारीलाई निम्तो दिइएको थियाे।

अघिल्ला वर्षमा कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्ने गरेको भए पनि पार्टी नेता चक्रप्रसाद बाँस्तोलाको निधनका कारण पूर्ब निर्धा्रित कार्यक्रम पर सारिएको हो। कांग्रेसले जिल्ला जिल्लामा समेत यस पटक चियापान कार्यक्रम गर्नेछ। चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाश शरण महत लगायतले स्वागत गरेकाथिए ।

प्रतिक्रिया दिनुहोस