मन्त्रिपरिषद संख्या ४१ पुग्दै

0
38

नेपाली कांग्रेसले सिफारिस गरेका दस जना राज्यमन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ । गृहमन्त्री विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवाले दिएको सूचीअनुसार पठाइएको नाम  मंगलबार   प्रधानमन्त्रीलाई बुझाएका हुन् ।  स्रोतका अनुसार उनीहरूको मन्त्रालय पनि तोकिएको छ  । उनीहरूलाई  बुधबार सपथ खुवाइने गृहमन्त्रालय स्रोतले जानकारी दियो । पार्टी श्रोतका अनुसार् राज्य मन्त्रीहरुमा दीर्घसिंह भाट  भौतिक, सीताराम मेहेता वन,  तारामान गुरुङ स्वास्थ्य, सुवर्ण जुवार्चन सहरी विकास, सुरेन्द्र आचार्य सिँचाइ, इन्द्र बानियाँ पर्यटन, दिलीप गच्छदार श्रम,दीपक खड्का खानेपानी तथा सरसफाइ, कञ्चन बादे उद्योग, मीठु मल्ललाई वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको सुन्नमा आएको छ।

प्रतिक्रिया दिनुहोस