प्रथम प्यारागलाईडिङ् विश्वकप प्रतियोगिता स्याङ्जामा सुरु

0
33

विश्वको शाहासिक खेलका रुपमा चिनिएको प्याराग्लाईडिङ्ग आजदेखी स्याङ्जा जिल्लाको भिरकोट न.पा. ५ र वालिङ् ११ स्वेरक क्षेत्रमा नेपालमै पहिलो पटक नेपाल प्याराग्लाईडिङ्ग एकुरेसी वल्डकप २०१८ सफलता पूर्बक सुरुवात भएको छ । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङ्गग्लाइडिङ्ग सघं, नेपाल हवाई खेदकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयूक्तरुपमा आयोजना गरेको आयोजनामा १४ बिधामा प्रतिस्प्राधा हुदै छ । २१ देशका ९८ जना खेलाडी सहभागी हुने यस प्रतियोगितामा सहभागी हुन आउने खेलाडी तथा पाहुनाहरुको खाना तथा बसोबासको लागि भिरकोटको स्वेरकका सबै घरमा होमस्टेको ब्यवस्था मिलाइएको छ ।
प्रतियोगिताको उदघाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले नेपालले हाल सम्म पनि कुनै खेलको विश्व वल्र्डकप हुन नसकेको अवस्थामा स्याङ्जाले प्यारागलाईडिङ्को विश्व वल्र्डकप आयोजना गरेर देशको गौरव बताए।जिल्ला समन्वय समिति, स्याङ्जा, जिल्लाका ११ स्थानिय तह र सरकारको सहयोगमा हुने प्रतियोगिताका बिजयी टिमतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्नेछन् । ब्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाको हुने भीरकोट नगर प्रमुख छायाराम खनालले बताए ।

देशमा हुनलागेको शाहसिक खेल मध्येको सबै भन्दा ठूलो बिधा भएकोले राज्यको खेलक्षेत्र भित्र रहेका सम्र्पूण निकायहरु पनि यो खेल सम्पन्न गर्न लागी परेका छन् । शाहसिक खेलको आयोजना गरेर गत साल पनि नाम कमाएको स्याङ्गजा जिल्लाले देशको नाम शाहसिक खेल रुपमा परिचित गराउन ठूलो भुमिका खेलेको छ ।

 

प्रतिक्रिया दिनुहोस