ललितपुरमा सुरु भयो गोदावरी फुल मेला

0
7

राजधानीको ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फूलको व्यवसायिक विकास, बिस्तार तथा प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिता अायोजना गरिएको हो । जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेका हुन् ।फ्लोरिकल्चर एशोसिएसन नेपालले प्रत्येक वर्ष यो मेला आयोजना गर्दै आएको छ । एशोसिएसनका बरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले नेपालमा २०११ बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै काठमाडौ उपत्यका बाहेक पोखरा, नारायणघाट, हेटौडा लगायतका शहरमा समेत फैलदै गएको बताए । एशोसिएसनका अनुसार आर्थिक बर्ष २०७४–७५ सम्म आइपुग्दा ६९७ व्यवसायीले यो व्यवसाय गरिरहेका छन् । त्यस्तै ४३ जिल्लामा पुष्प व्यवसाय विस्तार भएको र १५५ हेक्टर क्षेत्रफलमा व्यवसाय हुँदा ४३ हजार ५ सय बढी यसमा आश्रित बनेका छन् ।यस वर्षको प्रतियोगितामा विजेता नर्सरीहरुको समेत घोषणा गरिएको छ । कार्यक्रममा ५ वटा नर्सरी उत्कृष्ठमा परेको समेत घोषणा गरिएको थियो । जसमा समझना नर्सरी पहिलो, टीटीआर कंलगामुखी दोस्रो तथा अजिमा नर्सरी तेस्रो भएका छन् । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव, ललितपुरका प्रमुख जिल्ला अधिकारी बनस्पति विभागका महानिर्देशक र पुष्प व्यवसायीहरुले सहभागिता रहेको थियो । 

मेलामा ४४ वटा व्यवसायीक स्टल, सुचनामुलक ३ र गोदावरी फुलको प्रतिश्पर्धात्मक प्रदर्शनी स्टल एकसहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । जसमा गोदावरी फूलका ४५ प्रकारका फुल विरुवासहित ४५० प्रकार भन्दा बढिका फूल विरुवा रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस