आइसिसीको नयाँ बरियतामा नेपाली चर्चित चार खेलाडी

0
13

अहिले नेपालमा क्रिकेटको क्रेज बढ्दो छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपाली चर्चित चार खेलाडी पनि परेका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् ।

नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ९४ औँ र शरद १०० औँ स्थानमा छन् । त्यस्तै बलिङतर्फ सोमपाल ९२ औँ र रेग्मी ७४ औँ स्थानमा छन् ।आइसिसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा बरियता निर्धारण गर्छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली खेलाडी पनि यसै वर्षदेखि बरियतामा समावेश हुँदै आएका छन् ।

तस्बिर : सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस