सरकारको प्रस्तावविरुद्ध रोल्पा र प्युठानबासीको संयुक्त आन्दोलन

0
25

सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरू छुट्टाउने विधेयक संसदमा पेस गर्न लागेको खबर पाएपछी प्युठान र रोल्पामा सर्बदलीय-सर्बपक्षीय आन्दोलन सुरु भएको छ ।

बन्दका कारण रोल्पा सुनसान छ । रोल्पालाई पाँच नम्बर प्रदेशमै राख्न माग गर्दै यातायातका साधन, बजार, शिक्षण संस्था सबै ठप्प छन् । लिवाङ, होलेरी, घर्तीगाउँ लगायतका बजार खुलेका छैनन् । सोमबार प्यूठानमा बसेको प्युठान र रोल्पाका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि संलग्न सर्वदलीय, सर्वपक्षीय बैठकले प्यूठानका पूर्वसांसद मुक्तिप्रसाद शर्माको संयोजकत्वमा २३ सदस्यीय संयुक्त सङ्घर्ष समिति गठन गरेको छ। संयुक्त सङ्घर्ष अन्तर्गत बिहीबार रोल्पा र प्यूठानको सीमा क्षेत्र चतुरभुजमा बृहत् खबरदारी सभा हुँदैछ । हाल कायम ५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठानल गायत पहाडी जिल्ला छुट्याउन लागेको भन्दै आन्दोलन सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस