तरुणहरु बि पीको बिचार बाट बिचलित नभई अघि बढ्नुपर्छ – नेता पौडेल

0
113

नेपाल तरुणदल स्याङ्जा क्षेत्र नं २ को अायोजना मा नेपाल तरुण दल को ६५ अौ स्थापना दिवस को अवसर तथा नेपाली कांग्रेस स्याङ्जाका सभापति स्वर्गीय कमल प्रसाद पंगेनी को स्मृति मा बर्तमान कम्युनिस्ट सरकार को गतिविधि विरुद्ध तरुणहरु को भुमिका बिषयक गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम वालिङ मा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महाधिवेशन प्रतनिधि एवं युवा नेता विष्णु पौडेलले बर्तमान कम्युनिस्ट सरकार बिकास निर्माण र शुसासनमा भन्दा सत्ता टिकाउने खेल तर्फ लागेकोले देश र जनता प्रति जिम्मेवार नरहेको जिकिर गर्दै हरेक गतिबिधिमा खबरदारी गर्नुपर्ने बताए । उनले तरुणहरु बि पी को बिचार बाट कत्तिपनि बिचलित नभई एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । कांग्रेस बलियो बनाउन तरुणदल वि पीले गठन गरेको उल्लेख गर्दै भातृ सस्थाहरुलाई संगठित गराउन सकेमात्र पार्टीको जग बलियो हुने बिस्वास ब्यक्त गरे । पौडेलले पार्टी संगठन र सामाजिक काममा दिनरात लागिपर्ने सभापति स्वर्गीय पंगेनीको स्मरण गर्दै उनको अभाव सृजना हुन नदिन युवाहरुलाई अाग्रह गरे ।

कार्यक्रममा शिक्षक संघ स्याङ्जाका सभापति लक्ष्मीप्रसाद रेग्मी , नेपाल शिक्षक संघ संघीय अर्थमहासचिव गितानाथ खनाल , नेपाली कांग्रेस क्षेत्रीय सचिव दामोदर लम्साल, नगर सचिव भुपराज बगाले, शिक्षक संघ क्षेत्रीय सभापति डण्डुपानी पंगेनी, ने बि संघ जिल्ला कोषाध्यक्ष ध्रुव पंगेनी, तरुण नेता कमल कुँवर,नेविसंघ वालिङ नगर सभापति दिक्षान्त खाण लगाएतले मन्तब्य ब्यक्त गरेका थिए। सचिव दिपक रेग्मीले संचालन गरेको कार्यक्रममा स्वागत तरुणदल नगर सचिव भुपराज काफ्लेले गरेका थिए भने अध्यक्ष दिपेन्द्र के सीको सभापतित्वमा सम्पन्न भएको थियो । यस्तै स्याङ्जाका ३ अोटै क्षेत्रमा तरुणदलले स्थापना दिवसको अवसर र पार्टी सभापति स्वर्गीय पंगेनीको स्मृतिमा कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस