निलम्बित एसपी विष्ट र इन्सपेक्टर भट्टले बुझाए लिखित स्पष्टीकरण

0
7

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण मास्न उद्दत रहेको भन्दै निलम्बनमा परेका एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले गृहमन्त्रालयले सोधेको स्पष्टीकरणको खिलित जवाफ दिएका छन् । स्पष्टिकरणमा विष्टले लापरवाही नगरेको दाबी गरेका छन् ।

दुवै जनाले बुधबार दिउँसो सरकारलाई स्पष्टीकरणको लिखित जवाफ दिएका हुन् । पत्र बुझेको २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिनुपर्ने कानुनी व्यवस्था छ भने, चित्त नबुझे गृहसचिवले अर्को पल्ट पनि स्पष्टकरण सोध्न सक्नेछन् । दास्रो पल्ट पनि चित्त बुझ्दो जवाफ नआए गृह सचिवले नै पदबाट बर्खास्त गर्न सक्छन् । पन्तको बलात्कारपछि हत्या गरिएको प्रकरणमा गम्भीर लापरबाही गरेको आरोपमा बिष्ट र भट्टलाई बर्खास्त गर्ने सरकारी तयारी छ । उनीहरुले दिएको लिखित जवाफका आधारमा सरकारले आवश्यक निर्णय लिनेछ ।

प्रतिक्रिया दिनुहोस