बडा दशैको महत्व नेपालमा मात्र होईन विश्व भर फैलिदै छ ।

0
16

चन्द्र तिवारीको परिवारले अस्ट्रेलियामा दशै मनाउदै

नेपालीहरुको महान पर्व विजयादशमी नेपाल तथा नेपाल बाहिर पनि शुक्रबार धुमधामका साथ मनाईएको छ । विशेष गरी नेपालको ग्रामीण इलाकामा बढी रमाईलो हुने दशैं नेपालको शहरी भेग सँगै विदेशमा रहेका नेपालीहरुले पनि धुमधामका साथ मनाउने गरेका छन् । विजया दशमीको दिन विशेष गरी नेपाल र भारत बाहेकका अन्य अधिकांश मुलुकहरुमा विजयादशमीको लागि मात्रै भनेर विदा नदिने भएकोले विजयादशमी पछिको पहिलो आईतबार सबै नेपालीहरु एक ठाउँमा भेला भएर दशै मनाउने तयारी भईरहेको विभिन्न देशमा कामका लागि गएका नेपालीहरुले बताउने गरेका छन् ।

कामको शीलशीलामा अमेरिका, अस्टेलिया, युरोप जापान कोरियामा रहेका नेपालीहरुले धुमधामका साथ दशैं मनाउदै गरेका छन् ।  नेपाल बाहिर रहेका नेपालीहरुको सिको गर्दै त्यहाका स्थानियहरुले पनि दशैको महत्व बुझेर नेपालीहरु सँगै धुमधामका साथ दशैं मनाउने तयारी भईरहेको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन् ।

पूर्ण तिमिल्सेनाको परिवार बेल्जियममा दसैंको टिका ग्रहण पछी सामुहिक तस्बिर लिदै

नयाँ दिल्लीमा पनि धेरै नेपालीहरुले एक आपसमा भेला भएर नेपालीहरुको महानपर्व विजयादशमी धुमधामका साथ मनाएका छन् । नयाँ दिल्लीका मुगल गार्डेन, सेन्ट्रल पार्क, नेहरु पार्क जस्ता पार्कहरुमा नेपालीहरुको ठूलो मात्रामा जमघट भएको छ । अघिकांशले भने आ आफ्नै घरमा चिने जानेकाहरुलाई टीका लगाएर दशैं मनाएका छन् । यसैबीच दिल्ली इब्राहिम पुरमा रहेको श्रीनिवास विद्यापीठमा पनि रातो टीका र जमरा लगाएर धुमधामका साथ दशैं मनाईएको छ । धेरै संख्यामा नेपाली विद्यार्थीहरु रहेको यो गुरुकूलका विद्यार्थीहरुले गुरुकूलका संस्थापक एवं अध्यक्ष स्वामी गोविन्दाचार्यको हातबाट टीका लगाएर दशैं मनाएका छन् । व्याकरण, वेदान्त लगायतका विषयका ज्ञाता स्वामीसाथै विद्यार्थीहरुका साथै दिल्लीमा रहेको धेरै नेपालीहरुले त्यहाँ गएर टीका लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस