सिङ्गो गाउँनै नेपाली कांग्रेसमा प्रवेश गराए महामन्त्री डा. शशांकले स्याङ्जाको चापाकाेटमा ।

0
94

चापाकाेट नगरपालिकाका नगर प्रमुखका प्रत्याशीकाे सिङ्गो गाउँ नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । १५ शैयाकाे चापाकोट अस्पतालको समुद्घटान कार्यक्रममा आएका नेपाली काँग्रसका महामन्त्री माननीय डा.शशांक कोईराला चापाकोट नगरपालिकामा फरक दुई कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

नगरपालिकाद्वारा निर्माण गरिएको १५ शैयाकाे चापाकोट असपताल भवनको समुद्घाटन गर्दै नेपाली कांग्रेस जनताको स्वास्थ्यका बारेमा गम्भिर भएको बताएका छन् । नेपाली कांग्रेसले बिजयी हासिल गएको स्थानिय निकायमा कर नबढेको तर जहाँ जहाँ कम्युनिस्ठले जिते त्यहा बिकास भन्दा पनि जनता लुट्ने काम भएको भन्दै दु:ख ब्यक्त गरे । जन प्रतिनिधि जनता लुट्न थाले जनताले कस्लाई गुनासो गर्ने भन्दै बर्तमान सरकार असफल भई सकेको बताए। कार्यक्रम चपकोट नगरपालिकाका प्रमुख शिव गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यस्तै चापाकोटमै नेपाली कांग्रेसको जन जागरण कार्यक्रममा सिङो गाउँलाई नै नेपाली कांग्रेसमा प्रबेश गराएका छन् । जनगरण कार्यक्रममा पूर्व साम्सद शंकर प्रशाद पाण्डे, नेपाली कांग्रेस केन्द्रिय सदस्य धनराज गुरुङ,युवा नेता गुरु प्रसाद भट्टराई लगायतले समेत आफ्नो मन्तब्य राखेका छन् ।

प्रतिक्रिया दिनुहोस