अब गायक बिरेन्द्र श्रेष्ठको आफ्नै युट्युब च्यानल मार्फत गीतहेर्न पाईने

0
14

गायक बिरेन्द्र श्रेष्ठको आफ्नै युट्युब च्यानल मार्फत गीतहेर्न पाईने भएको छ । ताप्लेजुंगको दुरदराज गाउँ सिनाममा जन्मेका श्रेष्ठले दुई दशक अगाडी अर्मेनियाको बिश्वबिद्यालयबाट ईञ्जिनियरिङ् गरि नेपालको जलबिद्युतको बिकास निर्माणमा लागी परेका पारीरहेका थिए । ईन्जिनियर बीरेन्द्र श्रेष्ठ २०७२ साल देखि मात्र विधिवत रुपमा नेपाली सांगीतिक क्षेत्रमा देखिएका हुन् । छोटो समयमै दुई दर्जन भन्दा बढि गीतहरुमा स्वर भरि सकेका गायकले आखा लाउछन मैलाई सबै भन्ने गीत बाट आधुनिक गीत अवर्ड कार्यक्रममा पुरुष लोकपप बेस्ट गायकको उपाधि चुम्न सफल भएका छन् ।

आखा लाउछन भन्ने गीतको रचना अमेरिका निवासी अम्बिका गुरुङले गरेकी हुन् भने संगीत र सम्योजन शंकर थापा र उदय राज पौडेलले गरेका हुन् । सार्बाधिक व्यस्त जीवनको बाभजुत यती सुमधुर स्वरमा गाउनु अनि समय पुर्याउनुलाई रहर अनि सोखले गराएको कर्म भन्दछन गायक श्रेष्ठ । ईन्जिनियर तथा गायक बीरेन्द्रले हालसालै ओएस नेपालले आयोजना गरेको दोश्रो ओएस नेपाल अवार्डमा समेत बेस्ट लोक पप पुरुष गायकको उपाधि दिपक शर्माको शब्द संगीतमा अनि उदयराज को संगीत संयोजन मा बनेको घर हाम्रो लेकैमा भन्ने गीत मार्फत पाएको थिए । बिभिन्न विधाका गीतहरुमा आफ्नो स्वर भरेका उनको जननी भने लोक पप नै हो । यहि असोज २६ गते आफ्नै यूट्युब च्यानल बिरेन्द्र श्रेष्ठ बाट माया लाग्छ निष्ठुरीको भन्ने अत्यन्तै मर्म स्पर्शी गीतको म्युजिक भिडियो सार्बजनिक गर्दै छन् ।

बिध्यमान समाजमा लोभ लालच अनि येसकै कारणले निम्त्याएको पारिवारिक बिखन्डनलाई भिडियोमा चर्चित कलाकार श्रीष्टि खड्काका साथमा निर्मल खत्री तथा नव मोडेल सामिप्य श्रेष्ठको अभिनय देख्न पाईन्छ भने यसै भिडियो मार्फत निर्देशक राहुल प्रधानले डेब्यु गराएका छन् । नेपाली साँगीतिक आकाशका गुरू बिनय बर्माको संगीत, विशन मानन्धरको संगीत संयोजनमा गायक श्रेष्ठको अत्यन्तै भावपूर्ण स्वरले सजिएको गीत गोदावरी भिलेज रिसोर्टमा छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस