नेपालमा हिन्दू राष्ट्र चाहिन्छ-शंकर भण्डारी

0
76

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपाललाई हिन्दू राष्ट्रका रुपमा राख्नु पर्दथ्यो भन्ने आफ्नो मान्यता बताएका छन् । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन उनले आफूले व्यक्त गरेको अभिव्यक्तिलाई केही सञ्चार माध्यमले तोडमोड गरी समाचार प्रकाशित गरेको विषय प्रति असहमति जनाउँदै यस्तो बताएका हुन् ।

तत्कालिन समयमा राजतन्त्रका विषयमा पार्टीले गरेको निर्णय प्रति आफ्नो समेत पूर्ण सहमति रहेको भण्डारीको भनाई रहेको छ । उनले राजतन्त्र रहने र नरहने भन्ने विषय आफ्नो काबु भन्दा बाहिरको विषय भएको समेत बताए । यद्यपी पत्रकार सम्मेलन राजतन्त्र अन्त्य हुँदै गर्दा वर्तमान समयमा आफूले मात्र नभई नेपाली जनताले कुनै गर्व गर्ने ठाउँ नरहेको बताए ।

यसो हुनुमा राजनीतिक दलका नेताहरुको क्रियाकलाप नै प्रमुख कारण भएको भण्डारीको भनाई छ । उनले भने, ‘राजतन्त्रको अन्त्य हुँदै गर्दा नेपाली जनताले मुलुक समृद्ध भएको हेर्न चाहेका थिए तर नेताहरुको असक्षमताका कारण मुलुक समृद्ध हुन सकेन ।’ भण्डारीले नेपालमा हिन्दू राष्ट्र चाहिने बताएका छन् । उनले कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई निरन्तरता दिँदै आएका छन् । उनले हिन्दू राष्ट्रको विषयलाई अगाडि बढाउन पार्टीका जिम्मेवार नेताहरु र धार्मिक व्यक्तित्वले प्राथमिक्ता दिनुपर्ने बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस