प्रलोभनमा पारी धर्म परिवर्तन गराउनेहरु विच मै बिबाद र झडप

0
14

नेपालमा गणतन्त्र स्थापना भएपछी प्रलोभन र धम्की दिएर धर्म परिवर्तन गराउने र आदिवासिजनजातीको सस्कार सस्क्रिती लोप गराउने समुह मरिमेटी लागि परेका छन् । ईसाई धर्म प्रचारकले झुट र प्रलोभन बाट सोझा साझा आदिबासी जनजातीलाई ईसाई धर्ममा परिवर्तन गराएका छन् । तर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड–३ जीउँ गाउँमा एउटै धर्मका प्रचारकबीच भने को सच्चा ईसाई भन्ने बिवाद हुँदा भएको झडपमा बाइवल धर्म प्रचारक एक महिला घाइते भएकी छिन्।

बाँके जिल्ला नेपालगन्ज उप महानगरपालिका घर भएकी ३८ वर्षीया निरा चौधरी र ३६ वर्षीया इन्द्रेणी चौधरी बाइवल धर्मको प्रचारको क्रममा त्रिपुरासुन्दरी नगरपालिका–३ जीउँ गाउँमा पुगेर क्रिश्चियन धर्म ग्रन्थ बाइवल सम्बन्धी प्रचार गरिरहेको अवस्थामा स्थानीय क्रिश्चियन धर्मका अनुयायीबीच मनमुटाव हुँदा भएको झडपमा परेर घाइते भएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ।

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वार्ड नम्बर ३ मा पर्ने जीउँ गाउँ जिल्लामै क्रिश्चियन धर्म मान्ने गाउँको रुपमा कहलिदै आएको अवस्थामा बाहिर जिल्लाबाट आएर ‘तपाईहरुले मानिरहेको बाइवल ठिक छैन्, हामीले मानिरहेको बाइवल ठिक हो, राम्रो हो। हामीसंग आउनुहोस्’ भन्दै गाउँमा भइरहेको धर्म एकता र सदभावलाई फाँटो हाल्ने किसिमले धर्मको प्रचार भइरहेको पाइएकाले आफूहरुलाई सैह्य नभएर राम्रोसंग सम्झाएर पठाउन खोज्दा उल्टै जाइलाग्ने किसिमले प्रस्तुत भएपछि लछारपछार गर्दा सामान्य चोट लागेको जीउँ गाउँका क्रिश्चियन धर्म अनुयायी तुलवीर धरलाले बताए। लछारपछारबाट सामान्य चोटपटक लागेर घाइते बनेकी बाइवल धर्मप्रचारक निरा चौधरी र इन्द्रेणी चौधरीले १० जेठमा आफूहरु बिग्रेको प्रेसर कुकर बनाउन जाँदा महिलामाथि हातपात गरेर निलडाम हुने गरि कुटपिट गरेको भनि त्रिपुराकोट प्रहरी चौकीमा निवेदन दिएका छन्।

कुटपिटबाट चौधरीद्वयको दायाँ पाखुरामा निलडाम सहितको चोटपटक लागेको प्रहरीले जनाएको छ। दुबैले व्यापारको शिलशिलामा जीउँ गाउँमा गएको भनेर उल्लेख गरेको भएपनि उनीहरु एक महिनादेखि त्रिपुरासुन्दरी नगरपालिका–१ कोट बगर बजारमै घर भाडामा लिएर चार जनाको टोली बस्दै आएको र गाउँ गाउँमा पुगेर क्रिश्चियन धर्मको प्रचारप्रसार गरिरहेको पाइएकोले त्रिपुरासुन्दरी नगरपालिकाकै वार्ड १ करेलीकाँडा र २ रसिमा समेत स्थानीय बासिन्दाले लखेटेर पठाएको प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज सई रोमहर्ष सिजवालले बताए। डोल्पामै त्रिपुरासुन्दरी नगरपालिका हिन्दु धर्मको अखडा मानिएकोले पनि क्रिश्चियन धर्मका अनुवाईहरु बिभिन्न प्रलोभनका साथ धर्मप्रचारप्रसार अभियानलाई त्रिपुराकोटमा केन्द्रित पारेर अगाडि बढेको पाइन्छ।
समाचार श्रोत : नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस