आज निर्मलाको हत्यारालाई कारवाही नगरे भोली अरु निर्मलाहरु पनि सिकार हुनेछन् – अध्यक्ष महर

0
23

१३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ । ‘सरकार ! बलात्कारी र हत्यारालाई संरक्षण किन ?’ भन्ने मुल नाराका साथ सोमबार दिउसो २ः३० बजे काठमाडौंको प्रदर्शनी मार्गमा विरोध सभाको आयोजना गरिने नेविसंघका अध्यक्ष नैनसिंह महरले जनाएका छन्। उनले बर्तमान सरकार बलात्कारीलाई बचाउन तर्फ केन्द्रीत भएको भन्दै निर्मलाको न्यायका लागि सडकमा बिद्यार्थीहरु उत्रिनु पर्ने अवस्थाको सिर्जना भएको बताए ।

बर्तमान सरकारले देशमा शान्ति, सुशासन स्थापना गर्नमा सामान्य भूमिका समेत निर्वाह गर्न नसकेको महरको ठहर छ । निर्मलाका बाबु आमा न्यायको खोजीमा सिंहदरबारकै ढोकामा भौतारीनु र अपराधी खुलेआम हिड्ने अवस्था सिर्जना हुनु भनेको देश र जनताको लागि निकै चिन्ताको विषय भएको महरको धारणा छ ।

अब बालिकाहरु घर बाट बाहिर निस्कन पनि डर भो तर सरकार शान्ती सुरक्षाको प्रत्याभुती गराउन सकेको छैन। आज निर्मलाको हत्यारा खुलेआम हिंडेछ । यो घटनाका दोसीलाई कारबाही नगरे भोली अरु निर्मलाहरु सिकार हुने छन् सरकार लाचार भो महरको भनाई छ । अध्यक्ष महरले चाडो भन्दा चाडो दोषि पत्ता नलगाए देश व्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस