स्व.पंगेनीको स्मृतिमा वालिङमा ४५ औ स्‍मृति कार्यक्रमको लागि तरुणदल सकृय

0
18

नेपाल तरुणदल वालिङ नगर समिती र क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को संयुक्त अायोजनामा जिल्ला सभापति स्व कमल प्रसाद पंगेनीको स्मृति सभा गर्ने भएको छ ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति स्व पंगेनीको ४५ अौ दिनको पुण्यतिथिको अबसरमा वालिङ नगर समितीको अायोजनामा असोज २ गते विपी चोकमा बृहत स्मृतिसभा गर्ने निर्णय गरे सगै उक्त कार्यक्रम सफल बनाउन तरुणदल जुटेको हो । बैठकमा संबोधन गर्दै गण्डकी प्रदेशका सांसद तथा तरुणदल स्याङजाका अध्यक्ष भागवत प्रकाश मल्लले स्व पंगेनी पार्टीका सच्चा र कुशल नेता भएकोले उनको सम्झनामा एउटा सालिक निर्माण गर्नेमा जोड दिएका छन । उनले सम्पूर्ण तरुणहरुलाई स्व पंगेनीले देखाएको बाटो अबलम्बन गर्दै फराकिलो मन गराएर संगठन बिस्तारमा लाग्न प्रेरित गरेका थिए । साबिक नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति अर्जुनप्रकाश अर्यालले पार्टीका सम्पुर्ण कार्यकर्ता ईमान्दार भएर संगठन विस्तारमा लागेमा स्व पंगेनीको सच्चा श्रद्धाञ्जली हुने बताएका छन । कांग्रेस महाधिवेशन प्रतिनिधि एवं युवा नेता बिष्णु पौडेलले गाउँका तल्लो तहका कार्यकर्ता सम्म पंगेनीले हातेमालो गरेर काम गरेकाले सबै कार्यकर्तालाई स्मृति सभा सम्म अाउने ब्यबस्था मिलाउनुपर्ने बताए ।

कार्यक्रममा ,वालिङ नगर सभापति भिमलाल सुबेदी, नेपाल शिक्षक संघका क्षेत्रीय अध्यक्ष डण्डुपानी पंगेनी, तरुणदल जिल्ला सदस्य बिस्णु सुवेदी,,नेविसंघ जिल्ला कोषाध्यक्ष ध्रुव पंगेनी , तरुणदल नगर सदस्य कमल कुँवर ,नेविसंघ नगर सभापति दिक्षान्त प्रताप खाण लगाएतले पार्टीमा अनुशासनको पालना गर्नुपर्नेमा जोड दिदै संगठन संख्यात्मक भन्दा गुणात्मक हुनुपर्ने बताएका छन । क्षेत्रीय सचिव फणिनारायण रेग्मीले सञ्चालन गरेको कार्यक्रम क्षेत्रीय अध्यक्ष दिपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस