बंगलादेशमाथि शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

0
16

नेपाल बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा आयोजक बंगलादेशमाथि २–० को विजयी नतिजाका साथ नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा ठाउँ बनाएको हो । नेपालको यो पछिल्लो नेपाली फुटबलको गिर्दो साखलाई जोगाउने खेल भएको छ । बंगलादेशसंग नेपालको विगत राम्रो नभए पनि यसपटक घरेलु टिम नेपालसंग घुँडा टेक्न वाध्य भएको हो ।

नेपालका लागि ३३ औं मिनेटमा बिमल घर्तीमगरले लङ फ्रिकिकमा गोल गरेका हुन् ।दोस्रो हाफमा पनि नेपालले दबाव बनाइराक्यो । ५४औं मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काले प्रहार बारमाथिबाट बाहिरियो ।६० मिनेटको खेल सकिएपछि नेपालले खेलाडी परिर्वतन गर्‍यो । ६२औं मिनेटमा निराजन खड्काको स्थानमा अन्जन विष्ट मैदानमा प्रवेश गरे भने कप्तान भरत खवासको स्थानमा नवयुग श्रेष्ठ । त्यसैगरी ९० औं मिनेटमा नवयुग श्रेष्ठले अर्को आकर्षक गोल थपेर नेपालको जित सुनिश्चित गरेका थिए ।

नेपालले यसअघि भुटानलाई ४–० ले हराएको थियो भने पाकिस्तानसंग २–१ ले नतिजा सुम्पिएको थियो । यो समूहबाट नेपाल समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस