जिल्ला नेतृत्व नालायक भएका कारण समस्या बल्झिएको छ – आईजिपी खनाल

0
4

नेपाल प्रहरी महानिरीक्षक खनालले प्रहरीको जिल्ला नेतृत्व नालायक भएका कारण समस्या बल्झिएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले महेन्द्रनगरमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा: नेपाल प्रहरीको जवाफदेहीता’ बिषयक गोष्ठीमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल सो कुरा बताएका हुन् ।

सहभागीहरुका प्रश्नको जवाफ दिँदै प्रहरी महानिरीक्षक खनालले प्रहरीको जिल्ला नेतृत्व नालायक भएका कारण समस्या बल्झिएको बताए । ‘घटनाको अनुसन्धानमा प्रहरीले पक्कै पनि बिगारेको हो’ खनालले भने ‘संगठनभित्रका केही यस्तै व्यक्ति भएको कारण संगठनको बद्नाम भइरहेको छ । जसरी पनि दोषीलाई कानुनी दायरामा ल्याउने भन्दै उनले उनले प्रहरीमाथि अविश्वास नगर्न आग्रह गरे । ‘मलाई आज मेरो जीवनमै सबैभन्दा बढी दुःख लागेको छ’ उनले भने ‘यो घटनाले मलाई पनि लज्जित बनाएको छ ।’

अाइजीपी खनालले भने ‘तत्कालीन प्रहरी प्रमुखलाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होइन, नोकरीबाट समेत बर्खास्त गर्छु ।’ खनालले गलत प्रवृत्तिका व्यक्तिहरु प्रहरीमा अनटाउने बताए । दोषी जो कोही भए पनि कारबाही गर्ने पटक-पटक दोहोर्‍याPका आईजीपी खनालले भने, ‘सबै दोष प्रहरीमाथि आउँदा दुःखी छु, तपाईहरुको आक्रोश स्वाभाविक छ, तर अब अनुसन्धानमा सहयोग गर्नुहोस्, प्रहरीलाई विश्वास गर्नुहोस् ।’

कार्यक्रममा सहभागीहरुले लामो समयसम्म दोषी पत्ता लगाउन नसकेको र स्थानीयबासीलाई अनावश्यक यातना दिएको भन्दै प्रहरी नेतृत्वको कडा आ लोचना गरेका थिए । महिला अधिकारकर्मी शारदा चन्द, मीना भण्डारी,अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष प्रेमवती राना लगाएतले महिला हिंसा न्यूनीकरण गर्न प्रहरिले आफ्नो कर्तब्य निभाउन नसकेको भन्दै आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस