चौथो बिमस्टेक शिखर सम्मेलन काठमाडौंमा सुरु

0
11

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौँमा सुरु भएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) सार्कको विकल्प नभएको बताएका छन् ।

बिम्स्टेकको चौथो शिखर सम्मेलनको सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको विकल्प नभएको बरु पूरक भएको बताए । सम्मेलनको औपचारिक सुरुवात गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेकबारे प्रकास पार्दै यस्तो भनेका हुन् । उनले बिम्स्टेक विशुद्ध प्राविधिक एव‌ं अार्थिक सहयाेका लागि बनेकाे भन्दै यसकाे मूल उद्देश्य नै बिम्स्टेक क्षेत्रकाे अार्थिक, सामाजिक रुपान्तरण हाे, भने ।

उनले सम्मेलनमा सहभागि बिम्स्टेक राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखलाई नेपालीमा स्वागत गरेका थिए । सम्मेलनको सुरुवात उनले नेपाली भाषाबाटै गरेका हुन् । पछि, भने उनले अंग्रेजीमा बक्तव्य पूरा गरेका थिए । अध्यक्ष राष्ट्रका सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका हुन् ।

सम्मेलनबाट ऊर्जा, व्यापार तथा अप्टिकल फाइबर लगायतमा अन्तरदेशीय सम्पर्क स्थापना गर्ने, बिम्स्टेकको बडापत्र निर्माण गर्ने, आतंकवाद नियन्त्रणमा ठोस कदम चाल्ने, सदस्य राष्ट्रहरुका जनस्तरमा सम्पर्क वृद्धि गर्ने कार्यक्रम ल्याउने लगायत विषयमा छलफल हुनेछ। सम्मेलन भोलि सकिनेछ। सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उदघाटन गरेका छन् । बिमस्टेकको अध्यक्षता गरेको देशको प्रधानमन्त्रीको हैसियतमा ओलीले २२ मिनेट सम्बोधन गर्नेछन् ।

साँझ करिब छ बजेतिर सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिन्छ । त्यसपछि अतिथिहरू प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।

शुक्रबार विहान प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रका सरकार प्रमुख/राष्ट्र प्रमुखको सम्मानमा ‘रिट्रिट’ आयोजना गरेका छन् । त्यसपछि बिहान साढे एघार बजे बिमस्टेकको दोस्रो दिनको सत्र शुरु हुनेछ । शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ भन्ने मुलनारा रहेको सम्मेलनमा बिमस्टेक क्षेत्रमा प्रतिआतंकवादका साझा रणनीति तय गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार सांगठनिक अपराध र अवैध ओसारपसार सम्बन्धी बिमस्टेक सन्धि ४ भदौमा प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको छ ।

सम्मेलनमा स्वतन्त्र व्यापार, बिमस्टेक वडापत्र निर्माण, संयुक्त लगानी कोष, भन्सार सहजतासम्बन्धी सम्झौता, मोटरगाडी तथा परिवहन, स्थल तथा जलमार्ग कनेक्टिभिटी जस्ता एजेण्डामा छलफल हुनेछन् । बुधबार बसेको बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले विद्युत प्रसारण लाइन (ग्रीड इन्टरकनेक्सन्स) को एमओयुलाई अगाडि बढाउने निर्णय गरिसकेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर र काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुनेछ । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस