पप्पु कन्स्ट्रक्सनले बर्षोँदेखि ओगटेर राखेको पुल नबन्दा यात्रुको ज्यानै जोखिममा

0
16

रौतहटको लालवकैया नदीको टिकुलीया घाटमा शनिबार राती २७ जना यात्रु बोकेको डुंगा नै डुब्यो । पप्पु कन्स्ट्रक्सनले बर्षोँदेखि ओगटेर राखेको पुल नबन्दा यात्रुको ज्यानै जोखिममा परेको यो पछिल्लो घटना मात्र हो । यही कम्पनीले ओगटेका ठेक्का देशैभर छन्, । तर अधिकांसको निर्माण गति सुस्त र गुणस्तर कमजोर छ ।

रौतहटको लालवकैया नदीको टिकुलीया घाटमा शनिबार राती यस्तो ठाउँमा दुर्घटना भयो, जहाँ पप्पु कन्स्ट्रक्सनले बर्षोँदेखि अलपत्र पारेको निर्माणाधिन पुल रहेको छ । यदि त्यो पुल समयमै सम्पन्न भएको भए त्यो दुर्घटना हुने थिएन । यस्तै काठमाडौँको टेकु–कालीमाटी जोड्ने पुल पनि गुणस्तरहीन भएपछि भत्काउनु पर्ने भएको छ । तिनकुनेमा पुल बनाउने योजना उनले ओगटेर मात्र राखेका छन् । निर्माण सुस्त र गुणस्तर कमजोर भएका यस्ता आयोजना देशैभरि छन् ।

यति हुँदा पनि पप्पुका सञ्चालक एवम् पर्सा–३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनीयारलाइ कुनै चिन्ता छैन । बरु उनले आफ्ना छोरा सुमित रौनीयारलाइ बेचेको भन्दै जिम्मेवारीबाट पन्छीने गरेका छन् । यसरी ठेकेदारको लापरबाहीका कारण जनधनको क्षती बेहोर्दा समेत सरकारले कुनै कारवाही गरेको छैन । अनुसन्धान भइरहेको भन्दै सरकार ओँठे जवाफ दिइरहेको छ । ।

देशभरी पप्पुले १० अर्वभन्दा बढि रूपियाँको ठेक्का ओगटेको छ ।समयमा काम नसक्ने ठकेदारको सुची संकलन गरेपछि गृह मन्त्रालय पनि यतिबेला सेलाएको छ । पप्पु कन्स्ट्रक्सनका आयोजनामध्ये पुलमा सबैभन्दा बढि लापरबाही पाइएको छ । लापरबाही गर्ने ठेकेदरलाइ कारबाही गर्न सकिने भए पनि त्यसका लागि प्रयास भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस