काठमाडौंमा जोर बिजोर सवारी लागु

0
12

बिहिबार र शुक्रबार हुने चौथो बिमस्टेक सम्मेलनका लागि काठमाडौं उपत्यकामा जोर बिजोर सवारी लागु भएको छ । बुधबार, बिहिबार र शुक्रबार गरी तीन दिन जोरबिजोर सवारी गुडाउने प्रवन्ध मिलाइएको छ।

ट्राफिक प्रहरी महाशाखाले विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते ३ दिन उपत्यकामा संचालन हुने सम्पुर्ण निजी र भाडाका सवारी साधनहरुलाई जोर बिजोर प्रणाली अनुसार संचालन गरिने जनाएको छ ।

यी अवस्थामा भने जोर बिजोर प्रणाली लागु हुने छैन
–बिमस्टेक कार्यक्रममा जाने निमन्त्रणा भएका सवारी साधनहरुलाई
–गृह तथा परराष्ट्र र बिमस्टेकमा खटिएका कर्मचारीहरुलाई
–सांसदका सवारी साधनहरु (परिचय पत्र हेरेर)
–अत्यावश्यक सेवा, अति आवश्यक कार्य (बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकट भएका)हरुलाई
–कुटनितिक नियोगका सवारी साधनहरु
–सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरुलाई ।
–बिहान ६ बजेअघि र राति १० बजेपछि सम्पुर्ण सवारी साधनहरू

प्रतिक्रिया दिनुहोस