सुनकोसी नदीको पुल दुई पटक उद्घघाटन

0
11

उदयपुरको चौडण्डिगढी नगरपालिका र खोटाङको बाराहा पोखरी जोड्ने सुनकोसी नदीको पुल दुई पटक उद्घघाटन भएको छ । आइतबार भदौ १० गते बिधिबत रुपमा चौदण्डिगढी नगरपालिका प्रमुखसहित अन्य पदाअधिकारीको टोलीले उद्घाटन गरेको पुल पुन सोमबार भादौ ११ गते नेकपाका सांसदले उद्घाटन गरेका हुन् । २०७३ भदौ २ गते शिलान्यास भएको पुल नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय पूर्वाधार विकास तथा सडक विभागद्वारा निर्माण भएको हो ।

२०७० सालमा स्थानीय लालबहादुर राईले बंशालीघाटमा झोलुंगे पुल निर्माणका लागि गरेको माग पत्रमा उदयपुरका संसद तथा तत्कालीन समयका शहरी विकास मन्त्री डा नारायण खड्काको विशेष पहलमा पुल निर्माणका लागि आबश्यक रकम जुटेको थियो ।

साइन्स टेक इन्फ्राटक्चर डेभलपमेन्ट एन्ड रिसर्च प्रालिले डिजाइन गरेको पुल जगदम्बा शंकरमाली जेभीले निर्माण गरेको हो । २३५ मिटर लम्बाई र १.५ मिटर चौडाई भएको पुलको ८५ मेट्रिक टन क्षमता रहेको छ । २०३४ सालमा स्थानीय नयन्द्रबहादुर बिष्टले आफ्नै लगानीमा घिर्नी संचालनमा ल्याइ खोटाङ र उदयपुरका जनतालाई सुनकोसी वारिपारी गर्ने वातावरण बनाएका थिए । दुई बर्षपछि घिर्नी बन्द भएपछि डुङ्गाबाट जोखिम मोलेर नदि वारपार गर्नुपर्ने अबस्था थियो ।

बिधिबत रुपमा झोलुंगे पुल उद्घाटनसंगै संचालनमा आएपछि खोटाङका बाराहापोखरी, जन्तेढुंगा, खोटेहाङ गाउँपालिका र केही भोजपुर जिल्लाका स्थानीयहरुलाई समेत उदयपुरसंगै तराईसंग जोडिन सहजता भएको छ । बिधिबत रुपमा कार्यक्रम गरी उद्घाटन गरिएको पुल फेरि नेकपाका सांसदले किन उद्घाटन गरे भन्ने बिषय उत्सुकताको बिषय बनेको छ । नेकपाका प्रतिनिधि सभाका संसद बिशाल भट्टराई खोटाङबाट निर्बाचित सांसद हुन । उनी आफै उपस्थित भएर पुनः उद्घाटन गरिनुमा स्थानीय बुद्धिजीवीहरुले विभिन्न अड्कल काट्न थालेका छ्न ।

दुई पटकसम्म खोटाङबाट निर्बाचित भएका भट्टराईले जिल्लाको लागि खासै केही विकासे काम गर्न नसकेको आलोचना खेप्दै आएका छन् । यस्तोमा उक्त पुल बनेको स्थानमा स्थानीय तहमा खोटाङबाट पनि र उदयपुरबाट पनि कांग्रेसले बिजय गरेको हुँदा पुल निर्माणको जस कांग्रेसलाई जाने डरले भट्टराईले पुनः तामझामका साथ आफुले निर्माण गराएको झैं गरी पुलको उद्घाटन गरेको बुझिएको छ ।

खोटाङबाट स्थानीय तहमा कांग्रेसले बिजयी गरेका स्थानहरुमा पनि भट्टराईले असहयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । खोटाङको दोस्रो नगरपालिका हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसले बिजय गरेको स्थान हो । त्रिधार्मिक स्थल समेत रहेको प्रदेश नं १ कै पर्यटकीय क्षेत्रमा पर्ने हलेसी महादेबस्थानको सर्बाङ्गिण बिकासमा नगरपालिकाले बनाएको योजना असफल पार्न विभिन्न दवाब दिने गरेको आरोप लागेको छ ।

हालै मात्र नगरपालिकाले हलेसी मन्दिर व्यवस्थापन समितिबाट सर्वसम्मत चयन गरेको थियो । जनप्रतिनिधि हरुले सर्बसम्मतबाट पारित गरेको निर्णयलाई समेत जिल्लाबाट अस्वीकार गर्दै निर्णय उल्टाइएको छ । प्रमुख जिल्ला अधिकारीले आफ्ना अनुकुलका मानिसलाई पदाधिकारीलाई चयन गर्न पर्ने दबाब दिंदै आएका छन् । नगरबाट सर्बसम्मत भएको निर्णयलाई प्रमुख जिल्ला अधिकारी एक्लै यो निर्णय बिपरित गएको नभएको स्थानीय बुद्धिजीवीको भनाई छ ।

समाचार श्रोत : हाम्राकुरा डटकम

प्रतिक्रिया दिनुहोस