ऊर्जामन्त्री पुनले विद्युतीय सवारीको प्रयोग गर्न सुरु गरे

0
11

शहरी क्षेत्रमा बढ्दो प्रदूषण नियन्त्रण गर्न जनचेतना जगाउने लक्ष्यका साथ विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन लागिएको हो । सोही नीतिलाई अवलम्बन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आजदेखि विद्युतीय सवारी साधन प्रयोग गर्न थालेका छन् ।विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गर्न मन्त्रालयले आवश्यक नीतिगत व्यवस्था तथा चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माणको कार्ययोजना तयार गर्ने बताएको छ । यसमा निजी क्षेत्रलाई समेत सहभागी गराउने लक्ष्य सरकारको छ ।

ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै उनले जारी गरेको श्वेतपत्रमा विद्युतीय सवारी साधनको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने उल्लेख गरेका थिए । उनले जारी गरेको श्वेतपत्रको बुँदा नं ७२ मा विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गरी आगामी पाँच वर्षभित्र विद्युतीय सवारी साधन प्रयोगलाई विशेष जोड दिइने उल्लेख छ । केही दिनअघि राष्ट्रपति निवासले पनि विद्युतीय सवारी पाएको छ । नेपाल विद्युत प्राधिकरणले पनि आफू मातहतको इन्जिनियरिङ कम्पनीमा विद्युतीय गाडी किनेर प्रयोगमा ल्याएको छ ।

सर्वसाधारण नागरिकलाई पनि विद्युतीय सवारीमा आकर्षित गर्न सरकारले पनि विद्युतीय सवारीमा जोड दिन थालेको छ । विद्युतीय सवारीले तेलको खपत घटाउनुका साथै प्रदुषण नियन्त्रणमा सघाउन पुर्‍याउँछन् ।

प्रतिक्रिया दिनुहोस