आज बकर इद मनाइँदै, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा

0
18

मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेकाे छ ।

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ । बकर इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै अाइरहेकाे भए पनि यस वर्षबाट कटौती भएको छ । यद्यपि, प्रदेश १, २ र ५ ले भने प्रदेशस्तरीय निर्णय गरेर अाज छुट्टी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस