ठूलो आवाज निकाल्ने मोटरसाइकल कुदाउन नपाइने, प्रहरीको ध्यान डुकाटी, क्रसफायर, बुलेट, बेनेली र आरएक्समा

0
23

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिकले ती मोटरसाइकलहरुमा कडाइ गरिएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्त ठूलो आवाज निकाल्ने सवारीका कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेकाले नियन्त्रण गर्न लागिएको बताउँछन् ।त्यस्ता मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ, असशक्त एवं बिरामीहरु तर्सिने गरेका छन् । कतिपय अचानक ढल्ने पनि गरेका छन्’। पन्तका अनुसार अहिले दैनिक ४० देखि ५० वटा मोटरसाइकल दैनिक कारबाहीमा पर्ने गरेका छन् । समातिएकाहरु मध्ये कम्पनीबाटै ठूलो आवाजमा आउनेलाई चलाउन रोक लगाएका छ भने मोडिफाइ गरेर ठूलो आवाज निस्किने बनाइएका बाईक पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाड्ने गरिएको महाशाखाले बाटएको छ । त्यसरी समातिएकाहरुलाई जरिवाना स्वरुप १ हजार रुपैयाँ समेत लिने गरिएको छ ।

ट्राफिक महाशाखाका अनुसार त्यसरी ठूला आवाज निकाल्ने मोटरसाइकलमा डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायत छन् ।महाशाखाका एक अधिकारीका अनुसार त्यस्ता मोटरसाइकलहरु कतिपय ३ सय ५० सीसी, कपितय ८ सय त कतिपय ६ सय सीसीका छन् । स्रोतका अनुसार महाशाखाले त्यसरी अस्वभाविक आवाज निकाल्ने मोटसाइकललाई उपत्यकामा सञ्चालनका लागि अनुमति नदिन यातायात व्यवस्था विभागलाई पत्रचार समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस