पूर्वसांसद पंगेनीको निधनमा कांग्रेसले ३ दिनसम्म झण्डा आधा झुकाउने १३ दिन सोक मनाउने

0
38

पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा नेपाली कांग्रेसले शोक व्यक्त गर्दै सोमवार केन्द्र र सबै जिल्ला कार्यालयहरु बन्द गर्ने भएको छ । कांग्रेसले आइतवार विज्ञप्ति प्रकाशित गरी स्याङ्जा जिल्ला कार्यालय तीन दिनसम्म बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने, केन्द्रीय कार्यालय र सम्बन्धित स्याङ्जा जिल्ला कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका राख्ने लगायतका शोकका कार्यक्रम सार्वजनिक गरेको हो । १३ औँ दिनका दिन स्याङ्जाको सदरमुकाममा श्रद्धाञ्जली सभाको आयोजना गर्ने विज्ञप्तिमा उल्लेछ ।

पार्टी सभापति शेरबहादुर देउवाले पनि पंगेनीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापतिसमेत रहेका पूर्वसांसद पंगेनीको हिजो आइतवार विहान साँडे ५ बजे हृदयघातका कारण निधन भएको हो । स्वर्गीय पंगेनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनी २०६२ मा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको तर्फबाट स्याङ्जा जिल्लाको सभापति भएका थिए । २०६४ मा पार्टी एकीकरण पश्चात उनी कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको सह-सभापति, पार्टीको १२ औँ महाधिवेशन २०६७ र १३ औँ महाधिवेशन २०७२ देखि हालसम्म निरन्तर स्याङ्जा जिल्लाको सभापति थिए ।

प्रतिक्रिया दिनुहोस