स्याङ्जाले संबिधान निर्माता गुमायो – नेपाली काँग्रेस स्याङ्जा सभापति कमल पंगेनीको निधन

0
167

नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ । स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । हृदयाघातका कारण पंगेनीको निधन भएको भिरकोट नगरपालिकाका नगर प्रमुख छाया राम खनालले हाम्रो सेरोफेरोलाई बताए ।  नेपाली काँग्रेसका तर्फबाट २०७० सालमा संविधान सभा सदस्य समेत भएका पँगेनी वहालवाला काँग्रेस सभापति थिए। उनका श्रीमती, एक छोरा, एक छोरी छन्। उनी यसअघी पनि काँग्रेस सभापति रहेका थिए। पँगेनीको निधनको खबरले स्याङजा काँग्रेस शोकमा डुबेको छ।

अस्पतालमा पार्टीका नेता कार्यकर्ता र आफन्तहरु पुगेका छन्। पँगेनीको अन्तिम संस्कारका लागि नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ स्याङजा पुग्दै छन्। गएराती आफ्नो घर पुगेका पँगेनी खानपिन पछि सुतेकै अवस्थामा विहान गम्भिर अवस्थामा भेटिएपछि अस्पताल पुर्याउदा उनको निधन भएको हो। चिकित्सकहरुले उनको मृत्यु हृदयघातका कारण भएको बताएका छन्। नेपाली काँग्रेस स्याङ्जाका पूर्व सचिब लच्माण प्रसाद भट्टराईका अनुसार सभापति पंगेनीको निधनले स्याङ्जा जिल्लाले एक होनाहार सिपाही र संबिधान निर्माता गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस