नेकपा एमालेले संविधान संशोधन विधेयक विरुद्ध संसद अवरुद्ध पार्ने

0
30

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरे पछि प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकविरुद्ध संसद अवरुद्ध पार्ने भएको छ । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालेले सदन र सडकबाट प्रतिवाद गर्ने बताएको छ । नेकपा एमालेले संसदमा सरकारले दर्ता गराएको संविधान संसोधन विधेयक असफल बनाउन तीनवटा रणनीति अपनाउने भएको छ ।

यो रणनीति अन्तरगत एमालेको पहिलो रणनीति भनेको ५ नम्बर प्रदेशको यो आन्दोलनमा सबै पार्टीका कार्यकर्ता उतार्ने र तराई तथा पहाड दुवै तिरबाट जनदबाव सिर्जना गर्ने । दोस्रो  संसदभित्र संविधान संशोधनको पक्षमा दुई तिहाई पुग्न नदिने हो । तेस्रो रणनीति संविधानको धारा २७४ हो, जुन विषय अदालतसम्म पुगिसकेको छ । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले बिहीबारदेखि संसदमा सशक्त ढंगले अवरोधमा उत्रिन सांसदहरुलाई निर्देशन दिएको बताए  ।

एमालेले अब संविधान संशोधन प्रस्ताव दर्ता भइसकेको अवस्थामा एमाले विरुद्ध मधेसमा अझ भ्रम छर्न सक्ने आँकलन गरेको छ ।indian_rupee

संविधान संशोधन प्रस्ताव दर्ताभएपछि  बुधवार विहान प्रधानमन्त्री प्रचण्डले भने देश चुनावतिर अगाडि बढेको बताएका थिए । अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ । हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौं । संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा हो । बालुवाटारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले भने । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने भोलि बिहीबारदेखि संसद अवरुद्ध पार्ने भएको छ । एमालेले यसअघि नै स्थायी समिति बैठकबाट संशोधनको विपक्षमा उभिने निर्णय गरिसकेको थियो । 

प्रतिक्रिया दिनुहोस