ओली सरकार बहुमतको उन्मत्तमा छ- नेता गुरुङ ‎

0
134

अोली सरकरकारको बिरुद्दमा नेपाली कांग्रेस केन्द्रीय समिती को परिपत्र अनुसार स्याङ्जा मा विशाल प्रदर्शन भएको छ । नेपाली कांग्रेस स्याङजा को अायोजनामा चर्को गर्जनसहीत प्रदर्शन गरिएको छ। स्याङ्जा सदरमुकाम मा जिल्ला का नेता कार्यकर्ता कांग्रेस समर्थक हरुको व्यापक उपस्थिती रहेको थियो ।

सभामा नेपाली कांग्रेस का केन्द्रीय सदस्य धनराज गुरुङले ओली सरकार अाफ्नै दुई तिहाई बहुमतको भारी बोक्न नसकेर अाफै ढल्न लागेको बताए । उनले कांग्रेस लाई हात्ती र कम्युनिष्ट लाई दुई टाउके बादरको शंज्ञा दिदै भने “हात्ती बसेको बेलामा दुई टाउके बादर माथि चडेर बुर्कुसी मारेका छन ,अब हात्ती बिस्तारै उठेर कान फड्कार्दा दुई टाउके बादर पाच कोष पर पुग्नेछन” यस्तै पुर्व सांसद एवं काङ्ग्रेस महासमिती सदस्य द्वय मोहन पाण्डे र राजु थापा , जिल्ला सभापती कमल प्रसाद पंगेनी , महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी लगाएतले सकारको सर्वसत्तावाद ,जनताको ढाड सेक्नेगरी लगाईएको कर ,महङ्गी र सरकाले चालेको असंवैधानिक कदम का बिरुद्द चर्को अालोचना गरेका थिए । कार्यक्रम नाराजुलुस सहित स्याङ्जा बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस